बुधबार , बैसाख ८, २०७८

असिना र पानीले चुटेपछि गहुँ खेतीमा ९० प्रतिशत नोक्सान

असिना र पानीले चुटेपछि गहुँ खेतीमा ९० प्रतिशत नोक्सान

मिना कंडेल

२८ फागुन, नवलपुर । पूर्वी नवलपरासीमा बुधबार साँझ आएको बर्षा र असिनाले अन्नबालीमा ठुलो नोक्सान पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जिल्लामा गहुँ खेतीगर्ने किसान बढदै गए पनि समयसमयमा आउने बिपत्तीले कृषकलाई समस्या र चिन्तीत बनाएको कृषि ज्ञानकेन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।
असिना र पानीले किसानको मुखैमा काटने समय भएको गहुँ खेती नष्ट भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । विशेष गरि गैंडाकोट, अमरापुरी, रजहर देवचुली, कावासोती लगायतका क्षेत्रमा किसानले लगाएको गहुँ खेती ९० प्रतिशतसम्म काटनै नपर्ने गरि नष्ट भएको प्रमुख लामिछानेले बताए ।

यस वर्ष गहुँ खेती राम्रो भएको भएपनि असिना पानीले गहुँ काटनै नमिल्ने गरेर सखाप पारेको गैंडकोटका कृषक ऋषिराम घिमिरेले बताए । नवलपुर क्षेत्रका अधिकांश ठाउमा परेको असिना र पानीले तरकारी बाली, मुसुरो ,लगायतमा पनि ठुलो असर परेको गैंडाकोटका कृषक नारायण प्रसाद पौडेलले बताए ।

gahu nawalparasi

पूर्वी नवलपरासीको गैंडाकोट, अमरापुरी, देबचुली, रजहर, मध्यबिन्दू लगायतका क्षेत्रमा बर्षेनी ठुलो संख्यामा किसानले गहुँ खेती गर्दै आएका तर यो बर्ष अब गहुँ  काटने समय हुँदै गर्दा असिना र पानीले गहुँ  खेती काटनै नपर्ने गरि सखाप पारेको पौडेलले बताए ।

गत बर्ष चार लाख रुपैयाको गहुँ खेती गरि आम्दानी गरेका कृषकले अहिले बिउ पनि नआउने गरि नोक्सान व्यहोर्नु पारेकोले आफुहरु चिन्तामा परेको देवचुलीका कृषक ऋषिराम घिमिरेले बताए । घिमिरेले चन्ता व्यक्त गर्दै भने :– यस वर्ष आम्दानी त परै जाओस गहुँ खेतीका लागि गरेको लगानी पनि खेर गयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय