आइतबार , बैसाख ५, २०७८

निर्वाचित पदाधिकारीहरुको पद यथावत : प्रवक्ता ज्ञवाली

निर्वाचित पदाधिकारीहरुको पद यथावत : प्रवक्ता ज्ञवाली

२८ फागुन, काठमाडौ । परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गरीएको र जिम्मेवारीबाट हटाइएको भनि संचार माध्यममा आएका विषयहरु गलत रहेको खण्डन गरेका छन् ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा सम्पन्न आजको विशेष बैठकले कुनै पदाधिकारी हटाउने निर्णय नगरेको ज्ञवालीले स्पष्ट पारेका हुन । ज्ञवालीले भने- आजको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनःस्थापनापछिको विशेष बैठक हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो २०७५ जेठ ३ गते अघिको एमाले होइन, यो नयाँ एमाले हो । यसमा एकता प्रक्रियामा आएका कमरेडहरुलाई व्यवस्थापन गरेर नियमित बैठकमा जानुपर्ने बाध्यता थियो ।

ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरी नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले बातवरण सहज पारिदिएको बताए । यही फागुन ७ गते बस्ने केन्द्रिय कमिटी बैठकमा सवै विषयको छलफल हुने प्रवक्ता ज्ञवालीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय