आइतबार , बैसाख ५, २०७८

कालु पाँडेको समाधिस्थलमा राष्ट्रपतिद्वारा पुष्पगुच्छा अर्पण

कालु पाँडेको समाधिस्थलमा राष्ट्रपतिद्वारा पुष्पगुच्छा अर्पण

२९ फागुन, दहचोक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी हुन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौं उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गरे । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा बर्सेनि फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ ।

विसं २०७५ फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गर्नुभएको थियो । त्यसयता प्रधानमन्त्री ओली प्रत्येक वर्ष फागुन ९ गते दहचोकमा हुने इन्द्रदह पर्यटन महोत्सवमा पुग्दै आउनुभएको छ । यही फागुन ९ गते प्रधानमन्त्री ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गरेका थिए।

bida

दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नुभएको थियो । काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वसाधारणलाई सर्तकता अपनाउन जिप्रका स्याङ्जाको अपिल सर्वसाधारणलाई सर्तकता अपनाउन जिप्रका स्याङ्जाको अपिल ४ हप्ता पहिले
ब्राजिलमा एकैदिन काेराेनाबाट तीन हजारको मृत्यु ब्राजिलमा एकैदिन काेराेनाबाट तीन हजारको मृत्यु ४ हप्ता पहिले
यूरोप–अमेरिकाभन्दा नर्भिक अस्पतालमा मुटु रोगको उपचार राम्रो यूरोप–अमेरिकाभन्दा नर्भिक अस्पतालमा मुटु रोगको उपचार राम्रो ५ दिन पहिले
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज ६ दिन पहिले
ब्राजिलमा कोरोनाको संक्रमण बढ्दो, एकै दिन ३ हजार भन्दा बढीको मृत्यु ब्राजिलमा कोरोनाको संक्रमण बढ्दो, एकै दिन ३ हजार भन्दा बढीको मृत्यु ४ हप्ता पहिले
९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ३ दिन पहिले
ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क पदमार्ग प्रर्वद्धन गरिने ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क पदमार्ग प्रर्वद्धन गरिने ४ हप्ता पहिले
राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री ४ दिन पहिले