बुधबार , बैसाख ८, २०७८

तपाईकाे साप्ताहिक राशीफल [ चैत्र ०१ गते आइतबारदेखि चैत्र ०७ गते शनिबारसम्म ]

तपाईकाे साप्ताहिक राशीफल [ चैत्र ०१ गते आइतबारदेखि चैत्र ०७ गते शनिबारसम्म ]

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समय राम्रो रहेकोले अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाफा कमाउन सकिनेछ । लामोदुरीको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुशी रहनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानाे प्रयत्नले भौतिक वस्तुहरुकाे लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोग हरक्षेत्रमा रहने योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको गतिलो समर्थन रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने मायाप्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् । मंगलबार र बुधबारको समय मध्यम रहेकोले आत्मिय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-  आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारीसाधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फन मनग्गे धनआर्जन गर्न सकिनेछ । साताको अन्त वा शुक्रबार र शनिबारको समय मध्यम रहेकोले अनावश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला, तुरुन्त दण्ड तथा सजाय हुन सक्छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- समय उत्तम रहेकोले अध्यात्म तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । गीत संगीतमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अव्वल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै मायाप्रेमको गाठो गसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- समय राम्रो रहेकोले सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मानसम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी प्रसाद तथा टीका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । तरपनि अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् । लामोदुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुशी रहनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्नी बीच बिश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । मंगलबार र बुधबारको समय उत्तम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- ईमान्दारितापुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । सांगठनिक टीम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउदै थप लगानी गरी विलाशी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुशी रहनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बड्नेछ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :-  सोमबारसम्मको समय मध्यम रहेकोले बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धि भने नगन्य जस्तै हुनेछ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । पतिपत्नीबीच मनमुटाव बढ्ने छ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । मंगलबारबाट नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुशी हुनेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्य सम्वन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ । मायाप्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेको छ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- सोमबारसम्मको समय मध्यम रहेकोले पहिलेका कमीकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । मंगलबारबाट भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हुँदा सुखसागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका मायाप्रेमहरु पुन जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेमप्रस्ताव आउनेछ । बित्तीय क्षेत्रसँग सम्बन्धि पेशा व्यवसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईलाई सम्झनेछन् ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्रस्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आम्दानी कम हुँदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरेमात्र परिणाम आफ्नो पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमासँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फाइदा हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउन चाहानेहरुका लागि समय राम्रो रहेको छ । पढाईलेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कृषि तथा सहकारी व्यवसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाईलेखाईमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोगमार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाईलेखाईमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ । तपाईको साता दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय