शुक्रबार , बैसाख १०, २०७८

मेलम्चीको पानी आउँदा काठमाडौंका प्रायः सडक जलमग्न हुने

मेलम्चीको पानी आउँदा काठमाडौंका प्रायः सडक जलमग्न हुने

१ चैत, काठमाडौं । उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् ।

निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रुपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर, अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारी भएको जानकारी दिए । तर, उनले भनेजस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।

पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी लयाउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटी पानी छाड्दा केही स्थानमा लिकेज भइ सडक जलमग्न बन्ने गरेका छन् ।

अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौँका प्रायः सडक जलमग्न हुने खतरा रहेको स्वयम् आयोजनाले स्वीकारेको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल समुहले समानान्तर गतिविधिलाई कायमै राख्ने नेपाल समुहले समानान्तर गतिविधिलाई कायमै राख्ने ३ हप्ता पहिले
झापामा प्रत्यक्ष पढाई स्थगन गर्न मेचीनगरको आग्रह झापामा प्रत्यक्ष पढाई स्थगन गर्न मेचीनगरको आग्रह २ दिन पहिले
निजामति क्षेत्र ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री निजामति क्षेत्र ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री २ हप्ता पहिले
इन्टर्नको पैसा नदिएपछि कृषि तथा वन विज्ञान विश्वबिद्यालयमा अनियमितताको आशंका इन्टर्नको पैसा नदिएपछि कृषि तथा वन विज्ञान विश्वबिद्यालयमा अनियमितताको आशंका १ हप्ता पहिले
चैत २३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित चैत २३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित ३ हप्ता पहिले
विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित एकजना पक्राउ विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित एकजना पक्राउ ४ दिन पहिले
देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा भने नियमित पठनपाठन देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा भने नियमित पठनपाठन ३ हप्ता पहिले
महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन ४ हप्ता पहिले