बिहिबार , बैसाख २, २०७८

आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई सहज

आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई सहज

१ चैत,खलङ्गा । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धुँवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ ।

गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो । यसअघि सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो । आँखा उपचार गाउँमै हुन थालेपछि बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अब गाउँमै आँखा जाँच र औषधि पनि गाउँमै पाइने भएको छ । रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने अध्यक्ष रावलले बताए । आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

सो केन्द्रमा उपकरणको व्यवस्थापन नेपाल नेत्रज्योति सङ्घले गरेको सङ्घका जिल्ला अध्यक्ष धनबहादुर बस्नेतले बताए । आँखा उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले उपचारसँग सम्बन्धित कर्मचारी राखेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । उक्त उपचार केन्द्रले जिल्लाको क्षेत्र नं ९ख० का सर्वसाधारणलाई सेवा दिने छ । सोअन्तर्गत सिँजा गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई उपचारमा राहत हुने सिँजाका प्रवक्ता नवीन शर्माले बताए ।

पहिले नेपाल नेत्रज्योति सङ्घले गाउँमा वर्षमा एक÷दुईपटक शिविर राखेर मात्र आँखाको उपचार तथा शल्यक्रिया गर्ने गरेको थियो । गाउँका आँखाका रोगीको प्रकृतिका आधारमा विशेषज्ञ गाउँमै बोलाएर शल्यक्रिया हुने गाउँपालिका प्रवक्ता शर्माले बताए । आखाँका रोगीले उपचार खर्च अभावमा रोग लुकाएर गाउँमै थन्किनुपर्ने अवस्था अब नहुने, सकेसम्म स्थानीय सरकारले यहाँका गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा रोगको उपचार गरिदिने गाउँपालिका प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिद्यालय बन्द गर्ने सरकारी तयारीप्रति प्याब्सनद्धारा बिरोध बिद्यालय बन्द गर्ने सरकारी तयारीप्रति प्याब्सनद्धारा बिरोध ४ दिन पहिले
यो साता शेयरबजारमा यी कम्पनीको शेयरमा देखियो खरिदकर्ताको उच्च चाप ? यो साता शेयरबजारमा यी कम्पनीको शेयरमा देखियो खरिदकर्ताको उच्च चाप ? ६ दिन पहिले
भारतमा नेपालको लगातार तेस्रो जित, यी खेलाडी चम्किए भारतमा नेपालको लगातार तेस्रो जित, यी खेलाडी चम्किए ३ दिन पहिले
सतर्कता नअपनाए मुलुक पुन: लकडाउन ! सतर्कता नअपनाए मुलुक पुन: लकडाउन ! ५ दिन पहिले
बिस्केट जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण बिस्केट जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण ७ दिन पहिले
के ओली हटाउन कांग्रेसले देउवाको विकल्प खोज्नै पर्ने बाध्यता आएको हो ? के ओली हटाउन कांग्रेसले देउवाको विकल्प खोज्नै पर्ने बाध्यता आएको हो ? ४ दिन पहिले
राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्यसमिति चयन राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्यसमिति चयन ४ दिन पहिले
देशमा शान्तिको कामनाले लगाएकाे बज्रेश्वरी जात्रा आज राति समापन गरिँदै देशमा शान्तिको कामनाले लगाएकाे बज्रेश्वरी जात्रा आज राति समापन गरिँदै २ दिन पहिले