
१ चैत, काठमाडौं । जोर्डनमा कोभिड-१९ संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीको राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका हुन ।
विरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि आफन्तहरुले अस्पताल नै घेराउ गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएको थियो । अक्सिजनको अभाव हुँदा सघन उपचार कक्षमा उपचाररत विरामीको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रीले आफूले नैतिकताको आधारमा राजिनामा दिएको अन्तराष्ट्रिय संद्वार माध्यम अलजजिराले जनाएको छ ।
प्रतिक्रिया