
१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भौंतिक विकासले मात्र देशमा सामाजिक विकास माथि उठन सक्ने बताएका छन् । आइतबार विहान बालुवाटारमा प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका स्थानीय तहलाई जोड्न सडक सञ्जाल निर्माण अभियान शुभारम्भ गर्दैं प्रधामन्त्री ओलीले भौंतिक विकासले मात्र देशको समाजिक विकासले गति लिने बताएका हुन ।
प्रधामन्त्री ओलीले अभियानको उद्घाटन गरेसँगै हालसम्म पक्कि सडकले प्रदेश राजधानीसँग नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु भएको छ । अभियान उद्घाटन गर्दै उनले यो अभियान राष्ट्रिय गौंरवको अभियान हो भएकाले यस अभियानलाई सफल पार्न सरोकारवाल सवै पक्षलाई आग्रह गरे ।
आउदो पाँच बर्ष भित्र दिगो विकास लक्ष्यका मापदण्डहरुलाई भेटने गरी सरकारले काम गरेको भन्दै प्रधामन्त्री ओलीले यस बीचमा उथल पुथल हुने गरी विकास निर्माणको काम भएको बताए ।
सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।सडक सञ्जालले नजोडिएका २८३ वटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सडक पुर्याइसक्ने लक्ष्य छ।
प्रतिक्रिया