
१ चैत, काठमाडौं । माओवादी केन्द्रको बैठकमा बादलसहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव गरिएकाे छ । आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको हाे
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै सिंगो पार्टीमा एकै रुपले समझदारी कायम गर्ने मामिलामा अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले ‘ब्रिफिङ’ गरिरहेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।
स्थायी कमिटी बैठकको भोलिपल्ट बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो । ‘सायद, उहाँहरुलाई पार्टीबाट निस्कासनको निर्णय हुन्छ’, एक केन्द्रीय सदस्यले भने ।
प्रतिक्रिया