बिहिबार , बैसाख २, २०७८

लहान बम बिस्फोटमा आठ जना घाइते [ नामावलीसहित ]

लहान बम बिस्फोटमा आठ जना घाइते [ नामावलीसहित ]

१ चैत, लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उनका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आँगनकै विद्यालयमा पढ्न जादैनन् मुस्लिम बालिका आँगनकै विद्यालयमा पढ्न जादैनन् मुस्लिम बालिका २ हप्ता पहिले
हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान सुरु हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान सुरु २ हप्ता पहिले
स्रोत नखुलेको ६ लाखसहित एक जना पक्राउ स्रोत नखुलेको ६ लाखसहित एक जना पक्राउ ३ हप्ता पहिले
ओलीलाई पाण्डेले भने, प्रश्नहरु हेर्दा तपाईमाथि नै धेरै प्रश्न सोझिएका छन् ! ओलीलाई पाण्डेले भने, प्रश्नहरु हेर्दा तपाईमाथि नै धेरै प्रश्न सोझिएका छन् ! २ हप्ता पहिले
हेटौंडाबाट सर्वसाधारणसँग पैसा मागेको आरोपमा एकजना पक्राउ हेटौंडाबाट सर्वसाधारणसँग पैसा मागेको आरोपमा एकजना पक्राउ ४ दिन पहिले
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याएको रावलको आरोप ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याएको रावलको आरोप ५ दिन पहिले
बजारीकरण समस्याकै बीचमा व्यावसायिक च्याउखेतीमा युवा बजारीकरण समस्याकै बीचमा व्यावसायिक च्याउखेतीमा युवा ३ हप्ता पहिले
कुमारी इक्विटी फण्डकाे इकाई बाँडफाँड, २० लाख इकाईसम्म आवेदन दिने सबैले पाए कुमारी इक्विटी फण्डकाे इकाई बाँडफाँड, २० लाख इकाईसम्म आवेदन दिने सबैले पाए ४ हप्ता पहिले