शुक्रबार , बैसाख ३, २०७८

२४ घण्टामा थप ५३ जना कोरोना संक्रमित

२४ घण्टामा थप ५३ जना कोरोना संक्रमित

१ चैत,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै काठमाडौं उपत्यकामा थप १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १३, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय