
१ चैत, जनकपुरधाम । सर्लाही प्रहरीले आफ्नै दाइको मोटरसाइकल जलाएको आरोपमा भाइलाई नियन्त्रणमा लिएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका-६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र २-०३-०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएका छन् । मोटरसाइकल पूण रुपमा जलेको छ ।
शुक्रबार राति १ बजेतिर मुस्तुफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका एैसानलाई आइतबार बिहान पक्राउ गरेको बताएको छ । पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया