ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन
नेपालबहस संवाददाता
चैत १, २०७७ सोमबार ०:३१:३२
१ चैत, फुङ्लिङ । ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ ।
टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए । ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताए।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोला मोबाइल सेवा शुरु भएको हो । ताप्लेजुङ सदरमुकामदेखि तीन दिन पैदल हिँडेर आलाङचुङगोला पुग्न सकिन्छ । मोबाइल सेवा शुरु भएसँगै घरमै बसेर आफ्ना आफन्तहरूसँग कुराकानी गर्ने सकिने भएपछि स्थानीयवासी खुशी भएको स्थानीयवासी तेन्जिङ वालुङले बताए ।
वितगमा ओलाङचुगोलादेखि सूचाना पठाउनु प¥यो भने वडा कार्यालमा राखिएको सुविसुको इन्टरनेटको माध्यमबाट मेसेन्जरमार्फत सूचाना पठाउँदै आएको वालुङले बताए । उनले भने, “आफ्नै घरमा बसेर चौबिसै घण्टा आफ्ना आफन्तहरूसँग खबर आदानप्रदान गर्न सकिने भएको छ ।” आलोङचुङगोलामा ५६ घर परिवार बसोबास छ । फक्ताङलुङ गाउँपालिका–५ रानी पुलदेखि ओलाङचुङ गोलासम्म टावर विस्तार गर्न आवश्यक सामग्रीे ९० हजारले ढुवानी खर्च फक्ताङलुङ गाउँपालिकाले गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए।
ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानहरूमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको दूरसञ्चार कार्यालय कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए । सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा मोबाइल सेवाको पहुँच पुग्न बाँकी रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको चेम्जोङले बताए । यसै चालू आर्थिक वर्षमा पाथीभरा क्षेत्रमा फेदी र कालीखोला क्षेत्रमा मोबाइल टावर विस्तार हुने चेम्जोङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार