बिहिबार , बैसाख २, २०७८

चितवनका किसानलाई एनसीसी बैंकले ५ करोडसम्म कर्जा दिने

चितवनका किसानलाई एनसीसी बैंकले ५ करोडसम्म कर्जा दिने

१ चैत, काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् ।कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ ९तेस्रो संशोधनसहित व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ० रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्तिरकिसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ ।

कसले कतिसम्म कर्जा पाउने (रुपैयाँमा ):-
१. पशुपालक व्यक्तिरकिसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने ।
२. कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्मरव्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने ।
३. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रतिकम्पनीलाई अधिकतम ५ करोड रुपैयाँसम्म ।
४. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका बिभिन्न सहकारी संस्थाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध ४० हजार भन्दा बढी किसानहरु लाभान्वित हुन सक्ने अपेक्षा बैंकको छ ।
५. यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

सम्झौताअनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शेयरबजारमा एक दर्जन बढी न्यून शेयरमूल्य भएका कम्पनी, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? शेयरबजारमा एक दर्जन बढी न्यून शेयरमूल्य भएका कम्पनी, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? ६ दिन पहिले
आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ १३ घण्टा पहिले
दोलखामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ घाइते दोलखामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ घाइते ३ दिन पहिले
निफमा तिन वटा नेपाली चलचित्रले प्रस्तिस्प्रर्धा गर्ने निफमा तिन वटा नेपाली चलचित्रले प्रस्तिस्प्रर्धा गर्ने २ दिन पहिले
व्यवस्था बदलियो,जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन व्यवस्था बदलियो,जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन ७ दिन पहिले
अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला ४ दिन पहिले
आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली १५ घण्टा पहिले
नबिल बैंकको ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्ट्रिग्रेशन’ सेवा शुभारम्भ नबिल बैंकको ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्ट्रिग्रेशन’ सेवा शुभारम्भ १२ घण्टा पहिले