सोमबार , बैसाख ६, २०७८

तपाईको आजको राशीफल कस्ताे छ ?

तपाईको आजको राशीफल कस्ताे छ ?

वि.सं. २०७७ साल चैत्र ०२ गते । सोमबार । इ.स.२०२१ मार्च १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । फागुन शुक्लपक्ष । तिथी– द्वितीया,१७ बजेर ४९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती,२७ बजेर ५३ मिनेट उप्रान्त अश्विनी । योग–शुक्ल,०७ बजेर २२ मिनेट उप्रान्त ब्रम्ह । करण– कौलव,१७ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेटमा,सूर्यास्त १८ बजेर ११ मिनेटमा । दिनमान २९ घडी ४९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- धार्मिक तथा सामाजिक काममा दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । पढाईलेखाईमा समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागी दिन प्रभावकारी रहनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिने छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो प्रगती गर्न सकिनेछ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । तरपनि अध्ययनमा मन जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- आवश्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देशविदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पतीको भरपुर प्रयोग गर्न पाईनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :-  कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । प्रेम प्रशङगमा बिश्वास बढ्ने योग रहेकोछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):-  राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-  विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गितसंगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- स्वास्थ्यमा आउने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुदा आटिला तथा पराक्रमी क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । मायाप्रेममा सामान्य बिवाद सिर्जना भएपनि अन्तमा एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाउदा मन प्रशन्न रहनेछ । तरपनि पढाईलेखाईमा प्रगती गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा बित्तिय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ । तपाईको दिन शुभ रहोस् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय