सोमबार , बैसाख ६, २०७८

इसानले बनाए नयाँ रेकर्ड

इसानले बनाए नयाँ रेकर्ड

०२ चैत, काठमाडौं । इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ ।

इंग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उसका लागि कप्तान विराट कोहली र इशान किशनले अर्धशतकीय पारी खेले । विराटले ४९ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ७३ तथा इशानलले ३२ बलमा चार छक्का र पाँच चौकासहित ५६ रनको योगदान दिए । इशानको यो डेब्यू म्याच हो ।

Virat and Ishan

त्यस्तै, ऋषभ पन्तले २६ र श्रेयस अय्यरले अविजित ८ रन बनाए । बलिङमा साम करन, क्रिस जोर्डन र आदिल रशिदले एकएक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

उसका लागि जेसन रोयले ४६, कप्तान इयोन मोर्गनले २८, डेविड मलान र बेन स्टोक्सले २४/२४ रन बनाए ।

बलिङमा वासिङ्टन सुन्दर, शार्दुल ठाकुरले २र२, भुवनेश्वर कुमार र युजवेन्द्र चहलले एकरएक विकेट लिए ।

आजको खेलसँगै जितेसँगै पाँच खेलको सिरिज भारतले १/१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो ।

Kishan4

इसानले बनाए नयाँ कीर्तिमान

अन्तर्राष्ट्रिय टी-२० मा इसानले नयाँ रेकर्ड बनाएका छन् । अन्तर्राष्टिय टी-२० डेब्यू म्याचमा इसानले अर्धशतक बनाएर नयाँ रेकर्ड बनाएका छन् । यस अघि भारतीय खेलाडी आजिक्के राहाणेले अन्तर्राष्टिय टी-२० डेब्यू म्याचमा अर्धशतक बनाएका थिए।

इसान अन्तर्राष्टिय टी-२० डेब्यू म्याचमा अर्धशतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन् । इसानले डेब्यू म्याचको पहिलो बलमा चौका हर्काएका हुन् ।

kishan ipl

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय ५ दिन पहिले
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित २४ घण्टा पहिले
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची ४ दिन पहिले
नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? ५ घण्टा पहिले
त्रिभुवन आदर्श माविमा प्रजातान्त्रिक योद्धाको सम्झनामा अक्षयकोष स्थापना त्रिभुवन आदर्श माविमा प्रजातान्त्रिक योद्धाको सम्झनामा अक्षयकोष स्थापना १८ घण्टा पहिले
जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह ६ दिन पहिले
साहित्य सङ्गमद्धारा सात स्रष्टा सम्मान साहित्य सङ्गमद्धारा सात स्रष्टा सम्मान ४ दिन पहिले
सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल, आवागमन सहज सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल, आवागमन सहज १ दिन पहिले