आइतबार , बैसाख ५, २०७८

एक हल गोरु पाल्ने कृषकलाई हलो अनुदान

एक हल गोरु पाल्ने कृषकलाई हलो अनुदान

२ चैत,तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो ।

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि रु २० लाख, कुटानीपिसानी मिलमा रु पाँच लाख, कृषि टनेलमा रु तीन लाख र हलोका लागि रु तीन लाख बजेट विनियोजन गरेको जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिएका छन् । सम्बन्धित क्षेत्रका लागि कृषकले आवेदन दिए पनि उनीहरुको मूल्याङ्कन र स्थलगत अवलोकनपश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हाइड्रो कम्पनीले एक करोड पाँच लाख कित्ता आईपीओ निष्कासन गर्दै हाइड्रो कम्पनीले एक करोड पाँच लाख कित्ता आईपीओ निष्कासन गर्दै ३ हप्ता पहिले
नयाँ सरकारको साँचो जसपासँग, कांग्रेस–माओवादी अलमलमा नयाँ सरकारको साँचो जसपासँग, कांग्रेस–माओवादी अलमलमा २ हप्ता पहिले
आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने ४ दिन पहिले
घरबाटै बेपत्ता झा दम्पतीको शव बोराभित्र माटोमुनि पुरिएकाे अवस्थामा फेला घरबाटै बेपत्ता झा दम्पतीको शव बोराभित्र माटोमुनि पुरिएकाे अवस्थामा फेला ३ हप्ता पहिले
प्रसाईप्रति श्रद्धाञ्जली व्यक्त गर्न डा. शेखर झापामा प्रसाईप्रति श्रद्धाञ्जली व्यक्त गर्न डा. शेखर झापामा ३ हप्ता पहिले
नेपालमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी नेपालमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी २ हप्ता पहिले
डब्लुडब्लुएफको सद्भावना दूतमा आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूतमा आनी छोइङ ४ दिन पहिले
आगामी मंसिर या चैत महिना भित्र निर्वाचन हुन्छ : डा. शेखर आगामी मंसिर या चैत महिना भित्र निर्वाचन हुन्छ : डा. शेखर १ हप्ता पहिले