बिहिबार , बैसाख २, २०७८

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

०२ चैत, काठमाडौं । नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको सेयरमा आवेदन दिने आज (चैत्र २ गते, सोमबार) अन्तिम दिन रहेको छ ।

कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आजसम्म मात्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कोषको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कोषले प्रकाशन गरेको सूचना यस प्रकारको छः

lagani

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नयाँ वर्ष आरम्भसँगै सुदूरमा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै नयाँ वर्ष आरम्भसँगै सुदूरमा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै २ दिन पहिले
राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ १३ घण्टा पहिले
सतिघट्टामा दुईतले भवनसहित सशस्त्र प्रहरीको विओपी सतिघट्टामा दुईतले भवनसहित सशस्त्र प्रहरीको विओपी ६ दिन पहिले
पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा ७ घण्टा पहिले
मङ्सिरी विद्यालय : दिसा, पिसाबका लागि  जङ्गलमा जानुपर्ने बाध्यता छ मङ्सिरी विद्यालय : दिसा, पिसाबका लागि  जङ्गलमा जानुपर्ने बाध्यता छ ४ दिन पहिले
डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार १ दिन पहिले
नयाँ बर्षमा राजु लामाको ‘द मंगोलियन शो’ नयाँ बर्षमा राजु लामाको ‘द मंगोलियन शो’ २ दिन पहिले
यो साता शेयरबजारमा यी कम्पनीको शेयरमा देखियो खरिदकर्ताको उच्च चाप ? यो साता शेयरबजारमा यी कम्पनीको शेयरमा देखियो खरिदकर्ताको उच्च चाप ? ६ दिन पहिले