शुक्रबार , बैसाख ३, २०७८

संसद बैठकको कार्यसूची तय गर्न कार्यब्यवस्था परामर्श समितिको बैठक आब्हान

संसद बैठकको कार्यसूची तय गर्न कार्यब्यवस्था परामर्श समितिको बैठक आब्हान

२ चैत, काठमाडौं । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ।  सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको र बैठक सिंहदरवारमा बस्ने सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौंपानेले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पुन:स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बस्यौ । ती दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक भने बसेको थिएन । सत्तारूढ दलभित्रको विवादका कारण कार्यव्यवस्थाको बैठक प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय