नवप्रतिभाशाली खेलाडीलाई पुरस्कृत
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १८:३१:४६
२ चैत,सप्तरी । राजविराजमा आज भएको देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीका १६ वर्षीया सरिता यादव र कञ्चनपुरका १९ वर्षीय अशोकसिंह भण्डारीले नवप्रतिभाशाली खेलाडीका रुपमा पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिलातर्फ यादव र पुरुषतर्फ भण्डारीले आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुका साथै नव प्रतिभाशाली खेलाडी घोषित भएका हुन् । उनीहरुले स्वर्ण पदक वापत मेडल र प्रमाणपत्र तथा नव प्रतिभाशाली खेलाडी वापत कप र पाँच हजार नगद प्राप्त गरेका छन् ।
नव प्रतिभाशाली खेलाडी सरिताले प्रतियोगिताको महिला ५९ केजी तौल समूहमा जुनियरतर्फ स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलो तौल उचालेर कूलमा ११० किलो भार बहन गरिन् । सो समूहमा स्न्याचतर्फ ४० र क्लिन एण्ड जर्कतर्फ ५० गरी कूलमा ९० किलो भार बहन गरी द्वितीय हुनुभएकी बर्दियाकी ललिता हेमरान युवातर्फ प्रथम भइन् ।
नवप्रतिभाशाली पुरुष खेलाडी कञ्चनपुरका भण्डारीले पुरुषको ६७ किलो तौल समूहमा स्न्याचतर्फ ७६ किलो र क्लिन एण्ड जर्कमा १०२ गरी कूलमा १७८ किलो भार बहन गरे । सो समूहमा बाँकेका तुषार बुढामगरले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ९० किलो गरी कूलमा १५७ किलो भार बहन गरेर रजत पदक प्राप्त गरे । पर्साका नीरजकुमार गुप्ताले स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा ८० गरी कूलमा १५० किलो उचालेर तृतीय भए । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिला र ७३ पुरुष गरी १२० खेलाडी सहभागी छन् ।
यसअघि गएराति नेपाल पुलिस क्लबकी तारादेवी पुन र कञ्चनपुरका सुवास उपाध्याय राजविराजमा भएको देवसुन्दर यादव प्रथम स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारा महिला र सुवास पुरुषतर्फ सो विधामा चुनिएका हुन् । दुवैले कपसहित पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता पुनले स्न्याचमा ६७ं किलो र क्लिन एण्ड जर्कमा ९० किलो तौल उचालेका छन् । सिनियर महिलातर्फ ८७ किलोग्राम तौल समूहमा कूल १५७ किलो तौल उचालेर प्रथम हुनुभएकी पुन प्रतियोगिताको स्ट्रोड्ग वुमेनसमेत घोषित भएका हुन् । कञ्चनपुरका सुवास उपाध्यायले स्न्याचमा ११४ं किलो र क्लिन एण्ड जर्कमा १३५ किलो गरी कूल २४९ किलो तौल उचाले । पुरुषको सिनियरतर्फ १०९ किलो तौल समूहमा स्वर्ण पदक जितेका सुवास पुरुषतर्फ स्ट्रोड्ग म्यान घोषित भए ।
सो तौल समूहमा बारामा आसिफ हुसेनले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १२० गरी कूल २२७ किलो तौल उचालेर रजत पदक प्राप्त गरे । बर्दियाका रोशन विसीले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०५ गरी कूल १७५ किलो तौल उचालेर कास्य पदक प्राप्त गरे । पुरुषको १०२ किलो तौलसमूहमा नेपाल प्रहरीका सागर भण्डारीले कूल २२२ किलो उचालेर प्रथम भए । सशस्त्र प्रहरीका रणबहादुर नगरकोटीले कूल २१६ किलो उचालेर द्वितीय तथा नेपाली सेनाका विकास खड्काले कूल २०५ किलो उचालेर तृतीय भए । पुरुषको सिनियरतर्फ १०९ किलो भन्दामाथिको समूहमा नेपाल प्रहरीकै राजेश महर्जनले स्वर्ण प्राप्त गरे । उनले स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा ११५ गरी कूल २२२ किलो तौल उचाले । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिलासहित १२० खेलाडी सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
बैशाख २३, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार