बिहिबार , बैसाख २, २०७८

निफ्रासहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?

निफ्रासहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?

२ चैत, काठमाडौं । लामो समयदेखि करेक्सनको यात्रामा अधि बढिरहको नेप्सेमा सोमबार पाँच कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।

आज सोमबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा चन्द्रागिरि हिल्स कम्पनी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, अरुण भ्याली हाइड्रो कम्पनी, नेपाल इफ्रास्ट्रक्चर बैंक र नेशनल हाइड्रो पावर कम्पनीको शेयरको उच्च माग देखिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

index

नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत भएपश्चात आज सोमबारसम्म आईपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । सूचीकृत पश्चात कम्पनीको शेयर निरन्तर बढिरहेको छ ।

नेप्सेले चन्द्रागिरि हिल्स कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

chandyagari 7

कारोबार सुरु भएदेखि चैत २ गते सम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १००० नजिक पुगेको छ । प्रतिशेयरमूल्य ९ सय ७२ पुग्दा शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको उच्च चाप देखिन्छ । आज चन्द्रागिरीको शेयर माग गर्नेको संख्या ६ लाख १३ हजार पुगेको छन् भने बिक्रि गर्ने कोही छैनन् ।

 

त्यस्तै, उच्च शेयर माग हुनेको दोस्रो स्थानमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । सोमबार कम्पनीको शेयर ३ लाख ३२ हजार कित्ता शेयरको माग भएको छ । भने शेयर बिक्री गर्ने ६ लाख ३७ हजार इकाई बिक्रीको आदेश छ ।

siddhartha 7

त्यस्तै, अरुण भ्याली हाइड्रो कम्पनी शेयरमा पनि उच्च माग देख्न सकिन्छ । कम्पनीलाई तत्कालै तोपत्र बोर्डले हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको थियो ।

arun vally 7

जसकारण केहि समयदेखि कम्पनीको शेयर किन्नेको भिड् लागेको हो । आज कम्पनीको २ लाख ४३ हजार कित्ता शेयरको माग परेको छ । बिक्री गर्ने भने ७० हजार मात्र छन् ।

त्यस्तै निफ्रा बैंक शेयरमा पनि उच्च माग छ । आज बैंकको २ लाख २९ हजार कित्ताको माग छ भने बिक्री गर्ने भने १ लाख देखिएका छन् ।

nifra 7

त्यस्तै पाँचौ शेयरको उच्च डिमान्ड हुनेमा नेशनल हाइड्रो पावर रहेको छ । आज १ः३० बजेसम्म कम्पनीको २ लाख २५ हजार शेयरको माग भएको छ भने बिक्री गर्ने भने ६५ हजार मात्र रहेका छन् ।

national hydro 7

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईकाे साप्ताहिक राशीफल [ चैत्र २९ गते आइतबारदेखी बैशाख ०४ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ चैत्र २९ गते आइतबारदेखी बैशाख ०४ गते शनिबारसम्मको ] ५ दिन पहिले
लकडाउनको धम्की दिने मेरो हैसियत होइन ! प्रधानमन्त्री लकडाउनको धम्की दिने मेरो हैसियत होइन ! प्रधानमन्त्री २ दिन पहिले
कोरोनाका कारण पत्रकार कमल मिश्रको मृत्यु कोरोनाका कारण पत्रकार कमल मिश्रको मृत्यु ९ घण्टा पहिले
सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ २ दिन पहिले
ज्यानमारा भाइरसबाट बाँकेमा एक पुरुषको मृत्यु ज्यानमारा भाइरसबाट बाँकेमा एक पुरुषको मृत्यु ११ घण्टा पहिले
संक्रमणको दोस्रो लहर : २५ जनाभन्दा बढी भेला हुन नपाइने संक्रमणको दोस्रो लहर : २५ जनाभन्दा बढी भेला हुन नपाइने ६ दिन पहिले
चलचित्र बनाउदै शम्भुजित, नायकमा पुष्पलाई अफर चलचित्र बनाउदै शम्भुजित, नायकमा पुष्पलाई अफर २ दिन पहिले
कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट ४ दिन पहिले