शुक्रबार , बैसाख ३, २०७८

ओली र नेपाल पक्ष बैठक सकियो, बैठक निश्कर्षबिहिन  

ओली र नेपाल पक्ष बैठक सकियो, बैठक निश्कर्षबिहिन  

२ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीपक्ष र माधवकुमार नेपाल पक्षबीच भएको बैठक भर्खरै सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुई घण्टा बढी चलेको बैठक कुनै ठोस निश्कर्षमा पुग्न नसके पनि बैठक सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

“वार्ता सकारात्मक भयो र दुवै पक्षले आ -आफ्नै अडान राखेका छौ । शीर्ष नेताहरु बीच संवाद जारी राख्ने कुरा भएको छ’  बैठकपछि माधव पक्षका नेता रघुजी पन्तले पत्रकारहरुलाई जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैठकमा आफुहरुको उपस्थिति विना शुक्रबार गरिएको निर्णय स्वीकार गर्न नसक्ने धारणा स्पष्ट रुपमा राखेको जानाकारी नेता पन्तले दिएका छन । ओली पक्षले भने  २८ गतेको निर्णयलाई मान्दै अघि बढनु पर्ने धारणा राखेका छन् । बैठक चलिरहँदा नेकपा एमालेका अगुवा नेता कार्यकर्ता र शुभचिन्तकहरुको पार्टी कार्यालय बाहिर बाक्लो उपस्थिति रहेको थियो ।

गत शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष र महासचिव बाहेक अन्य पादाधिकारी खारेज गर्दै माओवादी केन्द्रका नेताहरुलाई केन्द्रिय समितिमा एकतर्फी नियुक्ती दिएका थिए । जुन निर्णय पार्टी विधान विपरित भएको र त्यसलाई बैधता दिन नहुने माग गर्दै नेपाल-खनाल पक्ष निर्वाचन आयोग पुगेका थिए ।

ओलीको उक्त निर्णयपछि नेपाल पक्षले चैत ४ र ५ गते  राष्ट्रिय भेला बोलाएको छ भने ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । दुवै पक्षबाट समान्तर गतिविधि सिर्जना भएपछि आजको बैठकले पार्टीलाई फुटतर्फ जान नदिन आइसब्रेक गरेको रुपमा नेताहरुले लिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय