
२ चैत, काठमाडौं। चर्चित संगीतकार न्ह्यु बज्रचार्यको तिमी मेरो साथी बोलको गीत बजारमा आएको छ। उक्त गीत बज्रचार्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका छन् । केही दिन अगाडि मात्र सार्वजनिक गरिएको भिडियोले युट्युबमा राम्रो रेस्पोन्स पाइरहेको छ ।
गीतको शब्द सिर्जना रिमा श्रेष्ठकोरहेको छ भने स्वर मेघा श्रेष्ठले दिएकी छिन् । गीतको संगीत न्ह्यु बज्रचार्यको रहेको छ । त्यस्तै गीतको निर्देशन तथा सम्पादन अनिल तण्डुकारले गरेका छन् । म्युजिक एरेन्जर प्रज्वल लामाले गरेका छन् भने छायाँकन गौतम श्रेष्ठ र विक्रम श्रेष्ठले गरेका हुन्।
प्रतिक्रिया