फार्म र डेरीले उकासिएको महिलाका जीवन
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार २०:०:५१
२ चैत,इलाम । फाकफोकथुम गाउँपालिका एकतप्पाकी ममता खनाललाई बिहानको रिमरिमभन्दा पहिले नै गोठमा पुग्न बित्छ । बिहानको उज्यालो भुइँमा झर्नुअघि नै गाईवस्तुको थलाभकारा र खोलेको मेल सक्नुपर्छ । उनले सानाठूला गरी ४२ गाईभैँसी पालेकी छिन् । बिहानमात्र होइन, दिनसमेत उनको त्यहीँ गाईभैँसीको स्याहारमै बित्छ । उनले आफूले मात्र सबै काम नभ्याउने छाँट देखिएपछि फार्ममा केही कामदार पनि राखेकी छिन् । घरका प्रायः काम भने उनले नै भ्याउछिन् । गत पाँच वर्षअघि यो फार्म पाँचवटा गाईबाट शुरुआत गरिएको हो ।
उनका श्रीमान् ९सरोज० अर्थोपार्जनका लागि विदेश गएका थिए । सन्तान साना थिए । घरमा साना बच्चाबच्ची हुर्काउने बाध्यता ममताका काँघमा थियो । श्रीमान् घर फर्किएपछि व्यावसायिक तवरले गाई पाल्ने सल्लाह भयो । एकातिर बालबच्चा पढाउनमा समस्या थियो भने अर्कातिर स्वदेशमै केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । वैदेशिक रोजगारीका क्रममा कमाएको रकम लगानी गर्नकै लागि श्रीमान्श्रीमती मिलेर शुरुमा फार्म शुरु गरे । खासै धेरै रकम थिएन । फार्म दर्ता गर्न पाँचवटा गाई चाहिन्छ भन्ने बुझेपछि ऋणपान गरेर त्यति नै गाई किने ।
दिनानुदिन वस्तु पाल्नमा आकर्षण बढ्दै गयो भने आकर्षणसँगै फाइदा पनि । त्यतिकै मात्र पाँचबाट सात, सातबाट नौ गर्दै अहिले पाँच भैँसी र ३० गाईसँगै केही बाच्छा र पाडा छन् । अहिले ममताका श्रीमान्को विदेशिने सोच पनि छैन । उनलाई पनि नयाँ काम गर्नुपर्ला जस्तो लाग्दैन । एकातिर आफ्नै फार्ममा काम हुन्छ भने अर्कातिर डेरी पनि आँगनमै छ । गाउँको दूध भेला पारेर त्यही डेरीमा घीउ र छुर्पी बनाइन्छ । यसका लागि धेरै कसरत पनि गर्नु परेन । घीउ र छुर्पी बनेपछि घरबाटै बिक्छ । ममता र उहाँका श्रीमान्को ५० गाईभैँसी पाल्ने सोच छ ।
आफ्नै बाँझो बारीमा घाँस लाएका छन् । आउँदै निजी नम्बरी जग्गा पनि अहिले सदुपयोग भएको छ । केही वर्षअघिसम्म चिल्ला पहाड लडेको ठाउँमा अहिले धुस, अम्रिसोलगायत घाँसजन्य वस्तु रोपिएको छ । यसैले घाँस खोज्न टाढा जानु पर्दैन । आफ्नै बारीको संरक्षण भएको छ भने गाईभैँसीलाई घाँस पनि । अहिले ममताको डेरी र फार्मबाट मासिक रु ५० हजार आम्दानी हुन्छ । यो रकम विगतमा गाई किन्दा डेरी र गोठ निर्माणमा लागेको खर्च तिर्दैमा सकिन्छ । गाईभैँसी पाल्ने जाँगर बढेपछि बैंककबाट रकम निकालेका छन् । यसको साँवाब्याज पनि तिरिसकिएको छैन । ममताका बारीमा अहिले अलैँची, अदुवालगायत खेती पनि कमै मात्र छ । गाईभैँसी पाल्न घाँस चाहिने भएपछि घरको घुरेनसम्म घाँसै रोपिएको छ । अहिले दम्पतीलाई नै यो पेशाबाट सन्तुष्टि छ । अहिले खासै फाइदा नभए पनि भविष्यमा केही हुन्छ भन्ने विचार छ । ममताले चारजनालाई काम पनि दिएकी छिन् । आफ्नो मात्र नभई यहाँबाट अरूको समेत परिवार पालिएको छ । पछिल्लो समय जिल्लाभर नै भैँसी दुर्लभरुपमा मात्र पालिन्छ । हैरानी हुने भएपछि भैँसीपालन घटेको छ । ममताको फार्ममा भने भैँसी नै भैँसी पालिएको छ । भैँसीको दूधमा चिल्लो पदार्थ गाईको भन्दा बढी हुने भएकाले भैँसी पालेको ममताको तर्क छ ।
धेरै गाईको दूधमा केही भैँसीको दूध मिसाउँदा दूधमा क्रिम राम्रो बस्ने बुझेपछि भैँसीपालन थालिएको हो । डेरी र फार्मको ऋण तिर्न ममतालाई केही समय लाग्छ । तर हिम्मत हारेकी छैनन् । यसैको आम्दानीले छोराछोरी पनि पढिरहेका छन् । निरन्तर काम गरिरहेकाले पनि होला व्यवसाय सहजजस्तो भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार