
काठमाडौं । बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । आलियाको जन्म सन् १९९३ मार्च १५ मुम्बइमा भएको हो । आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् ।
आलियाले बाल कलाकारको रुपमा भने सन् १९९९ मा चलचित्र ‘संघर्ष’मा काम गरेकी थिइन् । यसपछि भने आलियाले पछाडि फर्किएर हेर्नु परेको छैन । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धमाका मच्चाएका छन् ।
आलियाले आफ्नो जन्मदिनको पार्टी भने करण जोहरको घरमा मनाएकी छिन् । आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए । आलियाको प्रेम जीवन पनि सधै चर्चामा रहन्छ । उनी, केही बर्षदेखि नायक रणवीर कपुरको प्रेममा छिन् । कोभिड पोजिटिभका कारण आलियाको जन्मदिनमा नायक रणवीर कपुर भने उपस्थित हुन सकेनन् ।
प्रतिक्रिया