
२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक केही दिनका लागि स्थगित गरिएको बताएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना नेताहरुले बोलेका छन् ।
आजको बैठकमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपा विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताएका छन् । त्यस्तै नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा गएर काम गर्ने पनि बताएको छ ।
प्रतिक्रिया