महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य समायोजन
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १६:९:३
३ चैत, काठमाडौं । नेप्सेले मंगलवार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेपलपर्सको मूल्य समायोजन गरेकाे छ ।
नेप्सेले दुइ वटै कम्पनीकाे बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
यी २ वटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेपाल हाइड्रो डेभलपर्स
नेप्सेले नेपाल हाइड्रो डेभलपर्सको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य ३२५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य ३७४ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको हाल कायम चुक्तापूँजी २६ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत १७ गते १२औं, १३औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ ।
महालक्ष्मी विकास बैंक
नेप्सेले महालक्ष्मी विकास बैंकको ८ दशमलव ८० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य २६९ तोकेको छ । कम्पनीको सोमवार २९३ मा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले चैत १३ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यस वर्ष ८ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार