तनहुँमा चार सय फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:१६:४४
४ चैत,दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चालू आर्थिक वर्षको यस अवधिमा ३६६ फरार प्रतिवादी पक्राउ गरेको छ । चालू आर्थिक वर्ष २७७/७८ को साउनदेखि चैत १ गतेसम्म प्रहरीले जिल्लाका विभिन्न भागबाट ३६६ फरार प्रतिवादी पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट फैसला भई सजाय निर्धारण भएका प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले अभियान नै चलाएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । प्रहरीले कर्तव्य ज्यान मुद्दामा विगत २७ वर्षदेखि फरार भानुका ५२ वर्षीय कुमार पन्थ भन्ने कुमारदेव पन्त, कर्तव्य ज्यान मुद्दामै १५ वर्षदेखि फरार शुक्लागण्डकी नगरपालिका घर भई हाल रुपन्देहीको देवदह नगरपालिका बस्ने ६० वर्षीय ज्ञानुमाया नेपालीलाई पक्राउ थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा जबरर्जस्ती करणीका १४, कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगका दुई वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा २४० मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ । प्रहरीका अनुसार २१ वटा लागुऔषध मुद्दामा ४१ जना पक्राउ परेका छन् भने ६०० क्युफिट सालको काठ र तीन सय क्युफिट बाकलसहित तीन वटा सवारी नियन्त्रणमा लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार