तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:५१:६
४ चैत, काठमाडौं । नेपाल प्रहरी भक्तपुर र नुवाकोटबाट तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । भक्तपुर, सूर्यबिनायक नगरपालिका-६ कटुन्जे बस्ने राजेश केसीको घरमा तास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई ४८ हजार ४ सय ८० नेपाली रुपैयाँ, ७ सय १० भारतीय रुपैयाँ र ७२ पत्ती तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नुवाकोट, विदुर नगरपालिका-४ ताति बस्ने रन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका-१३ बस्ने ३९ वर्षीय शम्भु अधिकारी समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार