चीनद्वारा कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति
नेपालबहस संवाददाता
चैत ४, २०७७ बिहिबार ४:२१:२९
४ चैत, एजेन्सी । चीनले कोरोना भाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ । केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो ।
त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए । आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको अधिकारीहरूले जनाएका छन् ।
खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । यो खोप उज्ज्वेकिस्तानमा भने गत मार्च १ देखि नै प्रयोगका लागि अनुमति दिइएको छ ।
खोपका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीका प्रवक्ताले नियामक निकायहरूलाई भने आवश्यक विवरणहरू उपलब्ध गराइएको स्पष्ट पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार