बेपत्ता दम्पतीको खोजी गर्दै सिआइबी
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १५:३७:४९
५ चैत,महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो ।
यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख सहकुल थापाले बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको पुष्टि गरे । ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको थापाको भनाइ छ । झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ । फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ ।
बेपत्ता वृद्ध दम्पतीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी भइरहेको जनाए पनि पत्ता लाग्न नसकेपछि यहाँ सिआइबी टोली खटाइनुपर्ने माग बढेको थियो । लामो समयसम्म बेपत्ता झा दम्पती अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्य फितलो भएको गुनासो गर्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ समितिसहित ४४ सामाजिक सङ्घसंस्थाले सिआइबी टोली परिचालन गर्न प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ । झा दम्पती सुतेको खाटसहितै बेपत्ता पारिएको घटनाको यकिन कुरा आउन नसक्दा झनै बढी रहस्यपूर्ण बनेको छ । अहिले सिआइबीले खोजबिन गर्न थालेपछि जिल्लामा घटनाबारे यकिन तथ्य आउने आस भने पलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार