रसायनिक मलको प्रयोग नगर्ने पक्षमा किसान !
नेपालबहस संवाददाता
चैत ५, २०७७ शुक्रबार ०:२६:४७
मिना कंडेल
५ चैत, नवलपुर । पुर्वी नवलपरासीमा कृषकहरु पछिल्लो समय अर्गानिक खेती तर्फ आर्र्किषत हुँदै जान थालेका छन् । रासायनिक मल र विषादिको अधिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव परेकाले किसान अर्गानिक खेतीतर्फ आर्कर्षित हुदै गएका हुन् ।
बढ्दो बिषादी तरकारीको प्रयोगले अहिले दिनहुँ जसो विरामीको चाप बढदै जान थाले पछि ठुला अस्पतालहरुमा धाउने प्रचलनमा कमि नआएको भएपनि अर्गानिक तरकारी लगाएर प्रयोग गर्न अहिले पुर्वी नवलपरासीका किसानहरु खाली रहेको जग्गामा अर्गानिक तरकारी लगाउन व्यस्त रहेका मध्यविन्दु २ का हरी सुवेदीले बताए ।
अर्गानिक तरकारी खेतीका लागि किसानले अहिले बाख्रापालन, बंगुरपालन तथा गाई–भैसी पालनलाई अनिवार्य पेसाका रूपमा अँगालेका कृषक सुवेदीले बताए । आफ्नो बाँजो रहेको जमिनमा अर्गानिक तरकारी लगाउँदा आफुलाई पनि राम्रो र बजारको तरकारी मागलाई आपूर्ति गर्नका लागि उत्साहित भएर खेतीतर्फ लागेको कावासोतीका दयाराम शर्माले बताए ।
यसबाट विदेशमा गएर गुलामी गर्ने युवा गाउँ फर्केर अर्गानिक तरकारी खेतीमा लाग्न सके भने र यस प्रति भावना जगाउन सकियो भने सफल भइने कृषक शर्माले बताए । विशेषगरी अर्गानिक तरकारी खेतीमा लाग्ने किराको पहिचान गरी त्यस्ता किरालाई नियन्त्रण गर्नका लागि समेत वनस्पति वा जडीबुटी प्रयोग गर्ने गरेको शर्माले बताए ।
सर्वत्र बजारमा पाइने देख्दा चम्किलो, सर्लक्क परेको र किरा नलागेको विषादीयुक्त तरकारी खाँदा स्वास्थयमा नकरात्मक असर परेको उपभोक्ता ले नवुझेको शर्माले बताए । “विषादी प्रयोग नभएका तरकारी हेर्दाखेरि राम्रा देखिंदैनन् अनि किरा लागेको देखिन्छन,“
बजार भाउ भन्दा केहि कम दरमा आफुले तरकारी विक्री गरेको उनको भनाई छ । मानिसमा जोस र जाँगर हुने हो भने जस्तो सुकै करेसाबारी वा कौसीमै आफ्नै पौरखले अर्गानिक तरकारी उमारेर उपभोग गर्ने सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिवको एकैपटक अन्तरमन्त्रालय सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार