नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ : गौतम
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार २१:६:८
६ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओली र झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका गतिविधिले एमाले विभाजन हुने खतरा उत्पन्न भएको बताएका छन् । शुक्रबार खनाल–नेपाल पक्षले आयोजना गरेको अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलापछि दुवै पक्षका गतिविधि त्यस्तो देखिएको बताएका हुन् ।
आफू एकताको पक्षमा रहेको भन्दै गौतमले खनाल–नेपाल पक्षका भेलामा पनि आफ्नो समर्थन नभएको दाबी गरे । तर, उनले खनाल–नेपाल पक्षको भेलाले पास गरेका केही प्रस्तावमा भने आफ्नो समर्थन रहेको बताए ।
भेलालाई सम्बोधन गर्दै गौतमले प्रधानमन्त्री केपी ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा जाने भएका पनि बताए । उनले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफू उपस्थित हुने भन्दै अन्य खनाल-नेपाल समूहका नेतालाई पनि सहभागी हुन आग्रह गरेका छन्।
‘भोलिको बैठकमा सबै जाऔं। म पनि जान्छु। त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं। नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ। त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ’, उनले भने।
पछिल्लो समय पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार रहेको गौतमले बताएका छन् । उनले सम्बोधनकै क्रममा केपी ओलीसँग पार्टी सञ्चालनको कुनै पनि ज्ञान नभएको जिकिर गरे। उनले २०७५ जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बनेपछि प्रधानमन्त्री ओलीमा कम्युनिष्ट सिद्धान्त बाहिरको चरित्र देखिएको पनि आरोप लगाएका छन् । केपी ओलीमाथि लगातार खनिएका गौतमले ओलीसँग तिगडम र जालझेलभन्दा अरू केही नभएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार