राप्तीमा जलयात्रा सञ्चालनको तयारी
नेपालबहस संवाददाता
चैत ६, २०७७ शनिबार २:३७:१
६ चैत, राँझा । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्ती नदीमा जलयात्रा सञ्चालन गर्ने तयारी भएको छ । राप्तीसोनारी गाउँपालिका अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको बाँधदेखि सिधनिया घाटसम्म व्यावसायिकरूपमा जलयात्रा सञ्चालन गर्ने तयारी भएको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार अगैयादेखि डुडुवा गाउँपालिकाको कम्दीस्थित सिधनिया घाटसम्म जलयात्रा सञ्चालन गरिने छ । यसका लागि नेपाल टुर एण्ड ट्राभल एसोसिएसन ९नाट्टा० बाँके र राप्तीसोनारी गाउँपालिकाबीच समन्वयात्मक छलफल अघि बढेको छ ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, ¥याफ्टिङ एसोसिएसनका महासचिव शिशिर खनाल, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष श्रेष्ठ र हान बाँकेका सदस्य अनिल झासहितको पर्यटन व्यवसायीको टोलीले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसँग भेटघाटसमेत गरेको छ ।
उक्त टोलीले गाउँपालिकासँग सो क्षेत्रमा जलयात्राको सम्भाव्यता अध्ययनका लागि सहयोग मागेको र गाउँपालिका अध्यक्ष थारुले जलयात्रा शुरु गर्न सघाउने प्रतिबद्धता जनाए। अध्यक्ष थारुले राप्ती नदीमा जलयात्रा गराउन सकिने भन्दै यसका लागि गाउँपालिकाले समेत योजना बनाएको बताए। उनका अनुसार राप्ती नदीमा जलयात्रा सञ्चालनको सम्भाव्यता र विकासका लागि गाउँपालिकाबाट केही बजेटसमेत विनियोजन गरिएको छ । जलयात्राको सम्भाव्यता र विकासका लागि प्राविधक टोली केही दिनभित्रै काठमाडौंबाट आउने छ ।
नाट्टा बाँकेका अध्यक्ष सिग्देलले जिल्लामा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता बोकेका क्षेत्रको विकास र प्रवद्र्धन गर्न राप्ती नदीमा जलयात्राको प्रयास अघि सारिएको जानकारी दिए ।
उनले यसक्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जदेखि ठाकुरद्वारा पर्यटन बस, नेपालगञ्जदेखि सोझो पोखरा उडान तथा बाँकेको नरैनापुरस्थित बर्फानी बाबास्थलमा हेलिकप्टरबाट अवलोकनलगायतका गतिविधि गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार