तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार १२:५:३३
वि.सं. २०७७ साल चैत्र ०७ गते । शनिबार । इ.स.२०२१ मार्च २० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन शुक्लपक्ष । तिथी– सप्तमी,२७ बजेर ३४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी,१३ बजेर ५६ मिनेट उप्रान्त मृगशिरा । योग– प्रिती,०९ बजेर ३७ मिनेट उप्रान्त आयुष्मान । करण–गर,१४ बजेर ४४ मिनेट उप्रान्त वणिज,२७ बजेर ३४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १० मिनेटमा,सूर्यास्त १८ बजेर १४ मिनेटमा । दिनमान ३० घडी १० पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरिमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । तयारी बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तरपनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारीसाधन तथा मन परेको भौतिक सम्पती लाभ हुने गतिलो सम्भावना रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरिमा पदोन्नती हुनेछ । उत्पादनमुलक क्षेत्रमा लगानी गरी प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । मायाप्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रशन्न हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमती जुट्ने योग रहेकोछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाईलेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार