मलेखु अब बन्यो डिजिटल बजार
नेपालबहस संवाददाता
चैत ७, २०७७ आइतबार ३:२:४७
६ चैत, चितवन । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे।
उहाँले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड समेत हस्तान्तरण गरे । यो सँगै मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको संम्बन्ध नयाँ उचाइमा पुर्याउने बताए । व्यवसायीहरुले बैंकिङ माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यस बजारलाई डिजिटल बजारका रुपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको बताए । शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंकका तर्फबाट बैंकको संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुती दिए ।
कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिन मार्फत सेवा प्रदान गर्दै आएको छ । फाेन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।
एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ । फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान- (PCI DSS v3.2.1) प्रमाणीकरण प्राप्त संस्था हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्यनमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
इतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार