गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १९:२६:४८
८ चैत, ब्राजभिल । मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् ।
यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ जना प्रतिस्पर्धी छन् । एन्गुसोका मुख्य प्रतिस्पर्धी ठानिएका गुए–ब्राइस पार्फेट कोलेलास गम्भीर स्वास्थ्य समस्या देखाउँदै चुनावी मैदानबाट अलग भएको छ ।
पूर्व सैनिक एन्गुसो सन् १९७९ मा पहिलो पटक सत्तामा आएको थियो, र त्यसयता ३६ वर्ष कङ्गोको शासनमा छन् । उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने एक नेता बनेको छ ।
मध्य अफ्रिकाको तेल निर्यातक मुलुक कङ्गोको चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रनु भएका एन्गुसोले पहिलो चरणमै आफू विजयी हुने अपेक्षा गर्नु भएको छ । कङ्गोको संविधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा दोस्रो चरणको मतदान हुने व्यवस्था छ ।
यसैबीच, एन्गुसोलाई चुनौती दिने ठानिएका मुख्य प्रतिस्पर्धी कोलेलासले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै आफू गम्भीर बिरामी भएको र “जीवन र मृत्युको दोसांधमा पुगेको” बताएको छ ।कोलेलासको चुनावी अभियानले ६० वर्षीय आफ्ना नेतामा के रोग लागेको छ भन्ने केही बताएको छैन । उनीहरुको भनाईमा थप उपचारका लागि नेता कोलेलासलाई विदेश लैजाने तयारी गरिएको छ ।
सन् २०१६ को राष्ट्रपति निर्वाचनमा दोस्रो स्थान हासिल गरेका कोलेलासले यसपटक राम्रै नतिजा हासिल गर्ने अनुमान गरिएको थियो ।कङ्गोको क्याथोलिक चर्चले यसपटक पनि राष्ट्रपतिको चुनावमा धाँधली हुन खतरा देखिएको भन्दै आपत्ति जनाएको छ । सन् २०१६ झैं आइतबारको चुनावअघि देशव्यापी इन्टरनेट बन्द गर्न लागिएको र मतदानको पारदर्शिता शंकास्पद रहेको चर्चको भनाई छ ।
सबैभन्दा ठूलो विपक्षी समूह प्यान–अफ्रिकन युनियन फर सोसल डेमोक्रेसी ९युप्याड०ले पनि चुनाव बहिस्कार गरेको छ । पूर्व राष्ट्रपति पास्कल लिस्सोबाले खोल्नु भएको युप्याडबाट राष्ट्रिय सभामा मुख्य विपक्षीको रुपमा प्रतिनिधित्व रहेको छ ।प्रजातान्त्रिक गणतन्त्र कङ्गो र ग्याबोनले घेरिएको यस पूर्व फ्रान्सेली उपनिवेशको मुख्य आम्दानीको स्रोत खनिज तेल हो ।
सन् १९७९ मा पहिलो पटक सत्तामा आउनु भएको एन्गुसो सन् १९९१ मा बहुदलीय प्रतिस्पर्धाका लागि राजी भएको थियो । अर्को वर्ष भएको चुनावमा उनी र उनको पार्टी पराजित भएको थियो ।गृहयुद्धमा फँसेको कङ्गोमा सन् १९९७ मा उनी पुनः सत्तामा आएको थियो । त्यसयता उनी लगातार विजयी हुँदै आएको छ ।
सन् २०१५ मा भएको संविधान संशोधनले ७० वर्षभन्दा माथिका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने र दुई वर्ष कार्यकाल पनि हटाएपछि एन्गुसो पुनः उम्मेदवार भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार