समर्थन फिर्ता नलिन दवाब दिन राजदूत यान्छी खुमलटार
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २१:४०:४७
९ चैत, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सोमवार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।
चिनियाँ राजदूत होउ यान्छी सोमवार बिहान ९ बजे प्रचण्ड निवास पुगेकी थिइन् । त्यहाँ उनी करिव पाैने एक घण्टा छलफल गरि बाहिरिएकी स्रोतले जनाएको छ । प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन दवाब दिनका लागि राजदूत यान्छी खुमलटार पुगेको बताइएको छ ।
अहिले कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड अप्ठ्यारोमा परेपछि राजदूत यान्छी खुमलटार पुगेर कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई दवाब दिएको स्रोतले पुष्टि गरेको छ ।
कम्युनिष्ट सरकार हुँदा विभिन्न काम गर्नका लागि सहज हुने भएको ओली सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई राजदूत यान्छीले दवाब दिएको बुझिएको छ । त्यसअघि सोमवार नै मार्क्सवादी अर्थशास्त्री तथा पत्रकार डा. विजय पौडेलले पनि प्रचण्डसँग भेट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार