नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ
नेपालबहस संवाददाता
चैत ९, २०७७ मंगलबार ३:९:५
९ चैत, भरतपुर । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरिरहेकाका अवस्थामा पक्राउ गरेका थिए । अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका छन् ।प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुई थान, कार्ड रिडर एक थान, प्रिन्टर ‘फोटोकपी मेसिन’ दुई थान, हार्डडिक्स एक थान बरामद गरिएको छ । राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो ।
यस्तै मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर एक थान, नक्कलीनोट छाप्नका लागि प्रयोग भएकोे फोटोकपी पेपर पाना २४, एउटा एफोर पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर एक थान बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिहरु लाई सङ्गठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रासम्बन्धी कसूर ‘खोटा मुद्रा’ मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार