नौ जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाएनन्
नेपालबहस संवाददाता
चैत ९, २०७७ मंगलबार ३:३१:१२
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी रहेको छ बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीलाई जानकारी दिदै कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवरण प्राप्त हुन नसकेको जानकारी दिएका हुन् ।
हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको नेता लेखकले जानकारी दिए । यसबारे उनले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई जानकारी गराए। हालसम्म दुई लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको र एक लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको उनले बताए ।
महाधिवेशन कार्यतालिकाअनुसार जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै विवरण चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो । समयमै विवरण नपठाउने जिल्लाले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भाग लिन नपाउने प्रावधान छ । अहिले पार्टीमा झण्डै पाँच लाख क्रियाशील सदस्य रहेको नेता लेखकले बताए । पार्टीको आगामी महाधिवेशनसम्म क्रियाशील सदस्यको सङ्ख्या १० लाख पुग्ने उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार