मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १६:२०:४१
१० चैत, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ ।
काठमाडौंमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन ९अवसाद०, चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए ।
“अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ”, उक्त संस्थाका अध्यक्षसमेत रहेका मनोविद् डा ठगुन्नाले भने, “सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान नै चाल्नु जरुरी छ ।” यसपालि उक्त संस्थाबाट १०औँ र ११औँ समूहमा सहभागी १४ प्रशिक्षार्थी दीक्षित भएसँगै उनीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।
संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सक कहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्नेछन् । कम विकसित मुलुकमा विज्ञको अभाव हुँदा यसरी तामिल प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । सोहीअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आउनुभएकी प्रशिक्षार्थी सिर्जना श्रेष्ठले सामान्य स्वास्थ्य समस्या हुँदा मानिस औषधि लिन मेडिकल जाने गरेको तथ्य प्रस्तुत गर्दै सही मनोविमर्श सेवा प्राप्त भयो भने धेरै रोग त्यसै निको भएर जानेरहेछ भन्ने कुरा आफूले सिकेको बताए । तालिममा स्टाफ नर्स, प्राध्यापन पेशामा सहभागी शिक्षक, मनोविज्ञान र व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका व्यक्तिको आकर्षण बढिरहेको तालिम संयोजक जोत्स्ना डाँगीले बताए ।
उनका अनुसार संस्थाले हालसम्म १५० भन्दा बढीलाई उक्त तामिल प्रदान गरेकामा उनीहरुमध्ये ८० प्रतिशत प्रशिक्षार्थी रोजगारीमा संलग्न भएका छन् । हाल १२औँ र १३औँ समूहको तालिम चलिरहेको र निकट भविष्यमा १४औँ समूहको प्रशिक्षण शुरु हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार