दमकमा कृषक सहजै मल पाउनबाट वञ्चित
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:४१:४६
१० चैत, दमक । दमकमा कृषकले सहजरुपमा मल पाउन सकेका छैनन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र बिक्री गर्न पाउने अनुमति दिएपछि यहाँका कृषकले सहजै मल पाउनबाट वञ्चित भएका हुन् । स्थानीय सरकारले कृषि मल बिक्रीमा दमकका आधा दर्जन सहकारी संस्थालाई ६ महिनाअघि बिक्री अनुमति दिएपछि मलको सहज आपूर्तिमा समस्या आएको कृषकको बुझाइ छ ।
कृषि मल तथा अन्य आवश्यक कच्चा सामग्रीहरु बेच्दै आएका कृषि भण्डारले यसअघि सरकारमार्फत उपलब्ध हुने मल बिक्री गरिआएका थिए । मापदण्ड पुगेका मल बिक्रेता भण्डारलाई समेत बिक्री अनुमति नदिँदा समस्या आएको दमक–६ स्थित श्रेखरा कृषि भण्डारका सञ्चालक पदम बुढाथोकीले बताए । मल पाउन स्थानीय सरकारले नजीकका सहकारीलाई मात्र बिक्री अनुमति दिएपछि त्यस्तो समस्या देखिएको व्यवसायीको भनाइ छ ।
दमक–६ कै बबिन कृषि भण्डारका सञ्चालक बसन्त न्यौपानेले पनि सरकारमार्फत अनुदानमा आउने मल बिक्री वितरणमा एग्रोभेटलाई बेच्न नदिँदा किसानले समस्या झेल्नुपरेको बताए । किसानलाई सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले चासो नदिँदा त्यसको प्रत्यक्ष मार किसानले भोग्नुपरेको उनको भनाइ छ । उनले भने, “किसान मल खोज्दै हामी कहाँ आउँछन्, तर त्यस्तो मल बिक्री गर्न नदिँदा दुःख पाउँदै आएका छन् ।”उनका अनुसार अनुदानमा आउने मल एग्रोभेटमा नपाउँदा यहाँका किसान मारमा परेका छन् ।
किसानका लागि गुणस्तरीय मल आयात र बिक्री वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले स्थानीय तहसँग समन्वय गरी बिक्री वितरण गर्न थालेको हो । कम्पन्नीसहित साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारी अनुदानमार्फत युरिया, डिएपी, पोटासलगायत मल आयात गरिआएको छ ।
सबै प्रकारका मल सिङ्गापुर, भारत, बङ्गलादेश, कोरिया, जापानलगायत मुलुकबाट आयात भएको छ । कर्पोरेशनले पनि पछिल्लो केही वर्षदेखि मल आयात गरी बिक्री गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने कांग्रेसको निर्णय
जेठ १, २०८१ मंगलबार
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन
जेठ १, २०८१ मंगलबार
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार