संक्रमण बढेपछि जर्मनीमा १८ अप्रिलसम्म लकडाउन
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार २३:४९:२७
७ चैत, एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि जर्मनीले थप तीन साता लकडाउन थप गरेको छ । इस्टर पर्वको समयमा कोरोना संक्रमण अझै बढ्न सक्ने आशंका गर्दै लकडाउन थप गरिएको हो ।
अब जर्मनीमा १८ अप्रिलसम्म लकडाउन हुनेछ । विभिन्न राज्यका नेताहरुसँग नेताहरुसँगको छलफलपछि जर्मन चान्सलर एन्जेला मर्केलले अप्रिल १ देखि ५ सम्म लकडाउन अझै कडा पार्ने निर्णय गरेकी छन् । समाचार एजेन्सीका अनुसार यो अवधिमा अधिकांश पसल बन्द गर्ने र भेलामा पनि प्रतिबन्ध लगाउने तयारी छ ।
अहिले जर्मनीमा कोरोना संक्रमणको तेस्रो लहर फैलिएको छ । पछिल्लो २४ घण्टामा जर्मनीमा ७,४८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र २५० संक्रमितको मृत्यु भएको छ । मर्केलले अहिले जर्मनी कोरोना संक्रमणको कारण गम्भीर अवस्थामा रहेको बताएकी छिन् ।
उनले पछिल्लो समय संक्रमण बढ्नुका साथै अस्पतालको आईसीयू कक्ष पनि भरिन थालेको भन्दै सचेत गराएकी छन् । पछिल्लो केही समययता जर्मनीमा मात्र नभई युरोपभर नै कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार