उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्याे
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १७:३२:३५
११ चैत, काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेको छ । वातावरण विभागका अनुसार प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दो क्रममा रहेको छ ।
विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौं, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ‘एक्वुआई’मा मापन गरिन्छ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो। विभागका अनुसार मंगलबार सिमराको एक्वुआई ३०० पुगेको थियो भने हेटौंडामा २५० पुगेको थियो।
तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरि पानी पर्ने वा त्यसलाई बढार्ने गरि हावा चल्ने सम्भावना नदेखिएको विभागले जनाएकाे छ । अहिले पानी परेको छैन, तर बदली भएको छ। हावा आइरहेको छ। मौसम धुम्मिएको छ। धुलोका कणहरु पनि आएका छन्। तत्काललाई वर्षा भएर सफा गर्ने खालको मौसमी प्रणाली छैन।
यो वर्ष मार्च महिना ‘२४ सम्म’ मा काठमाडौं उपत्यकामा मात्रै ६.६ मिलिमिटर पानी परेको छ। मार्च महिनाको औषत वर्षा ३४.२ मिलिलिटर हो। यो वर्ष प्रि–मनसुनी गितिविधि विगतका वर्षमा जस्तो सक्रिय नहुँदा निकै कम पानी परेको उनले बताइन्।
नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ। बुधबार बिहान सिमराको एक्यूआई ३०५ मापन भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार