गोलभेँडाकाे उचित मूल्य पाएपछि किसान खुशी
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १९:२३:५१
११ चैत, सर्लाही । जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडाले सिजनको अन्तमा मूल्य पाएको छ । केही हप्तादेखि अचानक मूल्यमा ओरालो लागेको गोलभेँडाले सिजनको अन्त्यमा फेरि भाउ पाएको भन्दै जिल्लाका तरकारी उत्पादक किसान खुशी भएका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका–७ मा रहेको लालबन्दी तरकारी बजारमा स्थानीय जातको गोलभेँडा प्रतिक्रेट रु २५० देखि रु ३०० र उन्नत जातको गोलभेँडा रु ४०० मा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताए । “केही दिन अगाडि सोही बजारमा प्रतिक्रेट रु १५० देखि रु २००मा गोलभेँडा बिक्री भइरहेको भए पनि सिजनको अन्त्यमा गोलभेँडाको बजार मूल्य अकाशिएको”, कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताए ।
गोलभेँडाको मूल्य बढेपछि तरकारी उत्पादक किसान खुशी भएका छन् । गोलभेँडाको मूल्य घटेपछि आफ्नो लगानीसमेत नउठ्ने चिन्तामा परेका यस क्षेत्रका किसान यामको अन्त्यमा भए पनि गोलभेँडाको मूल्य बढेपछि दङ्ग परेका छन् ।
यामको शुरुआतमा किसानले प्रतिक्रेट रु एक हजारसम्म गोलभेँडाको मूल्य पाएका थिए । त्यसपछि विस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताए ।
जिल्लाको लालबन्दी, हरिपुर, बयलवास र हरिवन नगरपालिकाका स्थानीयवासी तरकारी उत्पादक किसानले व्यावसायिक रुपमा गोलभेँडाको खेती गर्ने गरेका छन् । यहाँबाट उत्पादन भएका गोलभेँडा काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठूला शहरको साथै छिमेकी देश भारतको सीतामाढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार