अवैध सुन जस्तो देखिने धातुको टुक्रा र बालासहित पक्राउ
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २०:१८:४९
११ चैत, काठमाडौं । नेपाल प्रहरीले अवैध सुन जस्तो देखिने धातुको टुक्रा र बालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन जस्तो देखिने धातुको टुक्रा र १ थान बालासहित २ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-५ स्थायी वतन भएका ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका-८ स्थायी वतन भई काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका राहदानी नम्बर ०९०२६३०८ वाहक सापकोटाले टर्च लाईटभित्रको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याएको उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदैरलिदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई उक्त टुक्रा र बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेस स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार