तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार ११:५५:३३
वि.सं. २०७७ साल चैत्र १२ गते । बिहीबार .इ.स.२०२१ मार्च २५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन शुक्लपक्ष । तिथी– एकादशी । नक्षत्र–अष्लेषा,१९ बजेर ५९ मिनेट उप्रान्त मघा । योग–सुकर्मा,०७ बजेर १३ मिनेट उप्रान्त धृति । करण–भद्रा,०६ बजेर ०७ मिनेट उप्रान्त बव,१७ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कर्कट,१९ बजेर ५९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेटमा,सूर्यास्त १८ बजेर १६ मिनेटमा । दिनमान ३० घडी ३१ पला । आमलकी एकादशीव्रत । गोविन्दद्वादशी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- खेतीकिसानी र पशुपंक्षिपालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । जग्गा जमिनबाट पनि आम्दानीको मार्ग बिस्तार गर्न सकिनेछ । अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्नेछ । आमाबाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पतिपत्नीबीचको असमझदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुने छैन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- गन्तब्य बिहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भएपनि उपलब्धी न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनी सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाईलेखाईमा मन जाने छैन भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- दिनभर श्रम गरे पनी उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि भने जस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडथुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेकोछ । प्रेममा धोका हुनसक्छ ख्याल गर्नुहोला ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नयाँ काम पाउने योग केही दिनको लागी टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहने छन् । पढाईलेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- पतिपत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनीतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार