परम्परागत खेतीको सट्टा सामूहिक स्याउखेती
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १८:२०:२७
१२ चैत,खलङ्गा । जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।
जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिए । उनले भने, “तातोपानी –६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैँचा बनाउन जुटेका छन् । यहाँ एक लाख ९० हजार वर्गमिटर ९१९ हेक्टर० क्षेत्रफलमा साढे पाँच हजार स्याउका बिरुवा रोपिएको छ ।”
सो जमिनमा यसअघि गहुँ र जौ लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयवासी त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएको कार्यालयले जनाएको छ । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिकरूपमा स्याउखेती शुरुआत गरिएको स्थानीयवासी देवीकन्या खड्काले बताईन । हिँयाखोलामा रोजगारीका अवसरसमेत छैनन् । बेरोजगार युवालाई रोजगारी सिर्जना गर्नेगरी सामूहिक स्याउ कृषिमा आफूहरू जुटेको उनले जानकारी दिईन । उनले भनीन्, “गाउँ शैक्षिक र आर्थिक हिसाबले निकै पछाडि छ, गाउँमा एक जना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैँचाले सिङ्गो गाउँको जीवनस्तर उठाउनेदेखि व्यवसायतर्फ स्थानीयवासीलाई अघि बढ्नमा मद्दत पुग्ने छ ।”
अहिले गाउँका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भने, “स्याउ किसान स्याउखेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।”
ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैँचा बनाउने स्थानीयवासीको प्रयासलाई सहयोग पुग्ने गरी स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । घेराबारका लागि रु २० लाख अनुदान दिएको छ । गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि रु पाँच लाख बजेट दिने घोषणा गरेको उनले बताए ।
सो बगैँचाको घेराबारका लागि रु ३९ लाख खर्च हुने अनुमान गरिएको परियोजनाले जनाएको छ । उनले भने, “समुदायस्तरबाट यति ठूलो क्षेत्रफल र लगानीमा स्थानीय जातको स्याउ बगैँचा कतै पनि छैन ।”
स्याउ बगैँचा पर्यटकीय दृष्टिले समेत राम्रो रहेको परियोजनाले जनाएको छ । सामूहिक कृषि खेती गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिए । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि किसानसँग सहकार्य गरी अघि बढ्ने गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले बताईन । परियोजनाले यहाँको चन्दननाथ नगरपालिका–९ मा १०० ओखरको सामूहिक खेती गरिएको जनाएको छ । जिल्लामा सो परियोजना कार्यान्वयनमा आएपछि स्याउ र ओखरखेतीमा लागेका किसानलाई प्राविधिक ज्ञान र सीपमूलक तालिम सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
बैशाख ३१, २०८१ सोमबार
आज तोलामा तीन सयले घट्यो सुनको मूल्य
बैशाख ३१, २०८१ सोमबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार