सोमबार , बैसाख ६, २०७८

दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर कोड संचालन

दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर कोड संचालन

१२ चैत, काठमाडौं । सनराइज बैंक लिमिटेडले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।

दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच शुभारम्भ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुको सहजताको लागि बैंकले मन्दिर परिसरमा वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले दक्षिणकाली मन्दिर परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ । सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोड मार्फत भुक्तानी कारोबारको सुरुवात भएको हो ।

sunrise 2

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंल, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उप-मयेर बसन्त तामाङ्ग, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शंकरमान महर्जन, सन््राइज बैंकका संचालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बैंकका वरिष्ठ पद्याधिकारीहरु लगायत दक्षिणकाली क्षेत्र विकासका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

sunrise 3

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ । यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार, धनगढीमा लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दिल्लीमा साप्ताहिक विदाका दिन कर्फ्यू लगाइने दिल्लीमा साप्ताहिक विदाका दिन कर्फ्यू लगाइने ४ दिन पहिले
आईपीएलः आज चेन्नई र राजस्थानको म्याच भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११ आईपीएलः आज चेन्नई र राजस्थानको म्याच भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११ १ घण्टा पहिले
दक्षिण कोरियाको प्रधानमन्त्रीमा बुक्युम नियुक्त दक्षिण कोरियाको प्रधानमन्त्रीमा बुक्युम नियुक्त ३ दिन पहिले
आईपीएलमा चेन्नईकाे पहिलो जित दर्ता आईपीएलमा चेन्नईकाे पहिलो जित दर्ता २ दिन पहिले
नयाँ बर्षमा पूर्वराजाको शुभकामना: फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न’ आग्रह नयाँ बर्षमा पूर्वराजाको शुभकामना: फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न’ आग्रह ५ दिन पहिले
फर्निचर उद्योगमा लागेको आगो निभाउदै स्थानीय र प्रहरी फर्निचर उद्योगमा लागेको आगो निभाउदै स्थानीय र प्रहरी ४ दिन पहिले
कांग्रेसले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने कांग्रेसले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने ३ दिन पहिले
‘प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नु पर्ने’– जबरा ‘प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नु पर्ने’– जबरा ५ दिन पहिले