कलंकीमा नेपाल-खनाल पक्षकाे केन्द्रीय कमिटी बैठक सुरू
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १८:३५:२५
१३ चैत, काठमाडौं । कलंकीमा रहेकाे मेघा पार्टी प्यालेसमा नेकपा एमालेका नेपाल-खनाल पक्षकाे बैठक सुरू भएकाे छ । आज बिहान ११ बजेका लागि बैठक बोलाईएको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक केहीबेर अघिदेखि सुरू भएकाे छ ।
कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने छन् ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लागाउने छ । खनाल–नेपाल समूहमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बालुवाटारको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिन्छन् भने केहि नेताहरु जान नहुने पक्षमा छन् ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।
ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार